साढे दुई घण्टा खुमलटार बसेर निस्किए ओली, भोलि बालुवाटारमा पुनः छलफल हुने

काठमाडौं : करिब साढे २ घण्टा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको कुराकानीपछि सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटारबाट निस्किएका छन्।
उनी केहीबेरअघि दाहाल निवास खुमलटारबाट बाहिरिएका हुन्। ओली र दाहालबीच समयसामयिक राजनीति र सत्ता सञ्चालनबारे छलफल भएको दाहालको सचिवालयले जनाएको छ।
सरकारका नीति कार्यक्रम र कामलाई प्रभावकारी कसरी बढाउने भन्नेबारेमा वृहत छलफल भएको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
दुई नेता तथा सत्ता साझेदार दलहरूबीच बिहीबार पुनः बालुवाटारमा छलफल हुने उनले जानकारी दिए।
यस्तै, माधवकुमार नेपालसँग प्रधानमन्त्रीले गरेको छलफल पनि सकारात्मक भएको उनले बताए।
ओली २ वर्ष ९ दिनपछि दाहाल निवास खुमलटार गएका हुन्। उनी यसअघि २०७७ पुस ४ गते खुमलटार गएका थिए। त्यसको भोलिपल्ट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए।
पुष १३, २०७९ बुधबार १४:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।