जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्वाचित भएका छन्।
निर्धारित समयमा यादवले माात्र उम्मेदवारी दर्ता गराएपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
संसदीय दलको नेताका आकांक्षी रहेका पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई सहित कार्यकारिणी सदस्यहरु प्रकाश अधिकारी, नवलकिशोर साह र राजकिशोर यादव कसैले पनि उम्मेदवारी दिएनन्।
पुष १३, २०७९ बुधबार १३:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।