नेपाली टी–२० : सुपर ओभरमा पुग्यो, लुम्बिनीको लगातार चौथो जित

नेपाली टी–२० : सुपर ओभरमा पुग्यो, लुम्बिनीको लगातार चौथो जित

काठमाडौं : लुम्बिनी अल स्टारले नेपाल टी–२० लिगमा फार वेस्ट युनाईटेडलाई सुपर ओभरमा पराजित गर्दै लगातार चौथो जित दर्ता गरेको छ।

टियु मैदानमा फार वेस्टले दिएको १ सय ३८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा लुम्बिनी अल स्टारले पहिले ब्याटिङ गरेको थियो। लुम्बिनीका लागि लाहिरु मिलन्था र शाड्ली भान शाल्बिक ब्याटिङमा आएकामा फार वेस्टका लागि करण केसी बलिङमा आएका थिए।

पहिलो दुई बल डट दिएकामा लाहिरु मिलान्थाले तेस्रो र चौथो बलमा दुई छक्का लगातार प्रहार गरे।

पाँचौ बलमा मिलान्थाले तीन रन लिए। अन्तिम बलमा शाड्लीको नाममा तीन रन रह्यो। फार वेस्टले २० रनको लक्ष्य पायो।

फार वेस्टका लागि हजमतुल्लाह शाहिदी र विनोद भण्डारी ब्याटिङमा आए। लुम्बिनीले बलिङमा किशोर महतोको प्रयोग गर्यो।

पहिलो बलमा शाहिदीले छक्का प्रहार गरे। दोस्रो बलमा  कुनै रन बनाउन नसकेका उनले तेस्रो बलमा उनले १ रन लिए । 

स्ट्राइकमा विनोद भण्डारी आए। चौथो बलमा १ रन लिए। पाँचौ बलमा शाहिदीले १ तथा अन्तिम बलमा भण्डारीले १ रन लिए।

प्रतियोगिताको पहिलो सुपर ओभर लुम्बिनीले ९ रनले जित्यो।जित सँगै लुम्बिनी ४ खेलमा जितका साथ ८ अंकसहित पहिलो स्थानमा कायमै छ।

हारसँगै फार वेस्ट २ अंकसहित चौथो स्थानमा कायमै छ।

पुष १३, २०७९ बुधबार १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।