बालुवाटारबाट बुढानिलकण्ठ हाेइन धुम्बाराही सरे देउवा

बालुवाटारबाट बुढानिलकण्ठ हाेइन धुम्बाराही सरे देउवा
तस्बिर- कान्तिपुर

काठमाडौं : निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेका छन्।

बुधबार बिहान बालुवाटारबाट निस्किएका उनी धुम्बाराहीस्थित भाडाको घरमा सरेका छन्। उनको बुढानिलकण्ठस्थित घर मर्मत भइरहेको छ।

२०७८ साउन २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री नियुक्त गरेपछि देउवाले बालुवाटार छाडेका हुन्।

दाहालले कांग्रेससँगको गठबन्धन तोड्दै एमाले, राप्रपा, रास्वपा र जसपासहित सात दल र तीन स्वतन्त्र सांसद्को समर्थनमा प्रधानमन्त्री भएका हुन्।

पुष १३, २०७९ बुधबार १२:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।