दुई वर्ष ९ दिनपछि प्रचण्ड भेट्न खुमलटार पुगे ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली दुई वर्ष ९ दिनपछि खुमलटार पुगेका छन्।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्न ओली खुमलटार पुगेका हुन्।
कांग्रेस नेतृत्वको गठबन्धनबाट बाहिर ल्याएर प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओलीको दौडधुप बढेको छ। एमालेसहित ७ दल र तीन स्वतन्त्र सांसद्को समर्थनमा प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेका छन्।
यसअघि संसद् विघटन गर्नु अघिल्लो दिन २०७७ पुस ४ गते साँझ ओली खुमलटार पुगेका थिए। प्रतिनिधिसभा विघटनपछि ओली र प्रचण्डबीच दूरी बढेको थियो।
पुष १३, २०७९ बुधबार १२:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।