नेपाल टी–२० : फारवेस्टद्वारा लुम्बिनीलाई १३८ रनको लक्ष्य

नेपाल टी–२० : फारवेस्टद्वारा लुम्बिनीलाई १३८ रनको लक्ष्य

काठमाडौं : नेपाल टी–२० लिगअन्तर्गत जारी खेलमा फार वेस्टर्न युनाइटेडले लुम्बिनी अलस्टार्सलाई १ सय ३८ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको फारवेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रनको योगफल तयार गर्यो।

फारवेस्टका ओपनर देव खनालले सर्वाधिक ४८ रन योगदान गरे। कप्तान हसमतुल्लाह शाहिदीले ३२, हसिम अनसरी ११ र भीम सार्की १५ रन बनाएर आउट हुँदा करण केसी १२ रनमा अविजित रहे।

लुम्बिनीको बलिङमा सेड्ली भान स्कल्कवेकले ४ ओभरमा ३९ रन खर्चिएर २ विकेट लिए। हर्मितसिंह, किसोर महत्तो र सागर ढकालले समान एक विकेट लिए।

लुम्बिनीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

पुष १३, २०७९ बुधबार १०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।