एमालेनिकट अखिलका कार्यकर्ताबीच कक्षाकोठाभित्रै खुकुरी र रड प्रहार, मदन भण्डारीको हात काटियो

काठमाडौं : प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा विद्यार्थी संगठनका नेताहरूबीच विवादपछि खुकुरी र रड प्रहार भएको छ।
एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका दुई समूहबीच झडप हुँदा चार जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए।
झडपमा विद्यार्थी नेता मदन भण्डारीको हात काटेको छ। उनलाई उपचारका लागि मोडल अस्पताल लगिएको छ।
कक्षाकोठा भित्रै पढाइको भइरहेको समयमा झडप भएको नेविसंघका नेता अनुराग शाहले जानकारी दिए। हिजो एक समूहमाथि हातपात भएपछि त्यसको बदला दिन झडप भएको उनले बताए।
भर्नाको विषयलाई लिएर दुई पक्षबीच झडप भएको उपप्राध्यायपक गोबिन्द आचार्यले जानकारी दिए। त्रिविले स्ववियु चुनावको तयारी गरेसँगै विद्यार्थी भर्नाको विषय क्याम्पसहरूमा पेचिलो बन्दै गएको छ।
घटनापछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ भने केही अझै फरार छन्।
पुष १३, २०७९ बुधबार १०:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।