आरआर क्याम्पसमा विद्यार्थी नेताहरूबीच झडप हुँदा चार जना घाइते, चार जना प्रहरी नियन्त्रणमा

आरआर क्याम्पसमा विद्यार्थी नेताहरूबीच झडप हुँदा चार जना घाइते, चार जना प्रहरी नियन्त्रणमा

काठमाडौं : प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा विद्यार्थी संगठनका नेताहरूबीच विवादपछि झडप भएको छ।

भर्नाका विषयलाई लिएर नेताहरूबीच झडप भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सिताराम रिजालले उकेरालाई जानकारी दिए।

उनका अनुसार झडपका क्रममा चार विद्यार्थी सामान्य घाइते भएका छन् भने चार जनालाई नियन्त्रणमा लिइएको छ।

स्थितिलाई नियन्त्रणमा लिन क्याम्पसअगाडि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

घटनाको थप विवरण आउन बाँकी छ।

पुष १३, २०७९ बुधबार १०:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।