राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, सरकारमा जाने/नजाने टुङ्ग्याइने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।
बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिए।
राप्रपाले पुष्पकमल दाहाल नेतृत्त्वको सरकारलाई समर्थन गरेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी सरकारमा सहभागी हुन नहुने बताएका छन्।
पुष १३, २०७९ बुधबार ०९:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।