अत्याधिक धूँवा फाल्ने १३ सवारीका चालकलाई कारबाहीमा

अत्याधिक धूँवा फाल्ने १३ सवारीका चालकलाई कारबाहीमा

काठमाडौं : अत्याधिक धूँवा फाल्ने १३ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

अत्याधिक धूँवा फाल्ने १० ओटा पिकअप भ्यान, भाडाको बस, माइक्रो र ट्रक एक–एक ओटा गरी १३ ओटा सवारी साधन कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

उनकाअनुसार वातावरण विभाग बबहरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले मंगलबार कलंकीमा ४० ओटा सवारी साधनलाई चेक गर्दा १३ ओटा कारबाहीमा परेका हुन्।

सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइनेछ।

अत्याधिक धूँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण हुनुका साथै दुर्घटनाको जोखिमसमेत हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा राखेर मात्र चलाउन चालकलाई भट्टले आग्रह गरेका छन्।

पुष १२, २०७९ मंगलबार १८:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।