विमानमा सिरियल किलर देखेपछि छेवैमा रहेका महिला डराएको अनुमानमा सामाजिक सञ्जालमा तर्क-वितर्क

विमानमा सिरियल किलर देखेपछि छेवैमा रहेका महिला डराएको अनुमानमा सामाजिक सञ्जालमा तर्क-वितर्क

काठमाडाैं। नेपालकाे सर्वोच्च अदालतले रिहा गरेपछि सिरियल किलर चार्ल्स शोभराजलाई फ्रान्स पठाइएको थियो। यसै क्रममा उनको उडानका तस्बिरले सामाजिक सञ्जालमा नयाँ बहस सुरु गरेको छ।

कतार एयरवेजको फ्लाइटमा बसेका शोभराजको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ। तस्बिरमा विशेष कुरा के छ भने, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शोभराजमा होइन उनको छेउमा बसेकी एक महिलामा धेरै चासो लिएका छन्।

नेपालको सर्वोच्च अदालतको रिहाइ आदेशपछि शोभराज कतार एयरवेजको फ्लाइट क्युआर ६४७ मार्फत दोहा हुँदै फ्रान्स गएका थिए। विमानभित्र शोभराजलाई आइभी टोपी लगाएको क्याजुअल पहिरनमा देखिएको थियो।

विमानमा उनको छेउकाे सिटमा बसेकी एक महिला भने निकै नर्भस देखिन्थिइन्। उनको अनुहारको हाउभाउले विमानमा सिरियल किलर देखेर डराएकाे जस्ताे देखिन्थ्याे। यो तस्बिर बाहिर आएपछि प्रयोगकर्ताहरूले आफ्नो प्रतिक्रियामा सिरियल किलरसँगै बसेकाले उनी डराएकाे बताएका छन्।

तस्बिरमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो अनौठो क्षण हो। जब तपाईं कम्तिमा ३० जनाको ज्यान लिने सिरियल किलरको छेउमा बसेको महसुस गर्नुहुन्छ।’ अर्को मानिसले यसैमाथि टिप्पणी गर्दै भनेका छन्, ‘यस महिलाको जीवनको सबैभन्दा डरलाग्दो क्षण।’

पुष १२, २०७९ मंगलबार १७:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।