संघीय संसद्को अधिवेशन पुस २५ गतेका लागि बाेलाइयाे

संघीय संसद्को अधिवेशन पुस २५ गतेका लागि बाेलाइयाे

काठमाडाैं। संघीय संसद्काे दुवै सदनको अधिवेशन यही पुस २५ गतेकाे लागि बाेलाइएकाे छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अधिवेशन आह्वान गरेकी हुन्।

नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संसद् अधिवेशन आह्वान गरिएकाे हाे।

राष्ट्रपतिबाट अधिवेशन आह्वान भएपछि संघीय संसद् सचिवालयले उक्त, मिति, समय र स्थानमा उपस्थितिका लागि सबै संसद् सदस्यलाई सूचना जारी गरेको छ ।

पुष १२, २०७९ मंगलबार १७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।