अख्तियारकाे पत्रले कांग्रेस सांसद् गुरुङ निलम्बित (सूचनासहित)

काठमाडौं : नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य बनेका टेकबहादुर गुरुङ निलम्बित भएका छन्।
मनाङबाट निर्वाचित भएका सांसद् गुरुङ भ्रष्टाचार भ्रष्टाचार निवारण ऐनमुताबिक स्वतः निलम्बित भएको संसद सचिवालयले जनाएको छ।
गुरुङ उपरको मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेकोमा उक्त मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानूनी व्यवस्था कार्यान्वयन गर्न गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र पठाएसँगै उनी निलम्बनमा परेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
पुस ७ गते संसद् सचिवालयले सांसद् गुरुङलाई शपथग्रहण गराएपछि ८ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट पत्र आएको थियो।
सूचना १२ गते जारी गरिए पनि उनी ८ गतेदेखि नै निलम्बित भएको सूचनामा उल्लेख छ।
पुष १२, २०७९ मंगलबार १७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।