नेपाल टी-ट्वान्टी लिगः विस्फोटक ब्याटिङसँगै काठमाडाैंकाे दाेस्राे जित, जनकपुर ५३ रनले पराजित

काठमाडाैं। विस्फोटक ब्याटिङकाे मद्दतले काठमाडौं नाइट्सले नेपाल टी-ट्वान्टी लिगमा जनकपुर रोयल्सलाई ५३ रनकाे फराकिलाे अन्तरले हराएकाे छ। जारी लिगमा काठमाडाैंकाे याे दाेस्राे जित हाे।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे काठमाडाैंले आक्रमक खेल देखाउँदै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रनकाे विशाल स्काेर बनायाे। जसका लागि इंग्ल्याण्डका खेलाडी एलेक्स ब्लेकले ४३ बलमा ४ चाैका र ७ छक्काकाे मद्दतले सर्वाधिक ८३ रनकाे याेगदान दिए।
त्यस्तै, मलेसियन ओपनर विरानदिप सिंङले ४९ र अफगानी अलराउण्डर अजमतुल्लाह ओमराजीले मात्र १५ बलमा ४३ रन जाेडेका थिए। जवाफमा २०९ रनको विशाल लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा १५५ रनमा अलआउट भयो।
अफगानी अलराउण्डर ओमराजीले नै जनकपुरकाे तीन विकेट लिएका थिए। जनकपुरका लागि सामिउल्लाह शिनवारीले सर्वाधिक २९ रन जाेड्दा सन्दीप जोराले २६ र ओपनर पवन सरार्फले २४ रनकाे याेगदान दिएका थिए।
याे दोस्रो जितसँगै काठमाडौं अंक तालिकाकाे दोस्रो स्थानमा उक्लिएको छ। तीन खेलबाट समान चार अंक भएपनि रनरेटकाे आधारमा जनकपुर तेस्राे स्थानमा छ।
पुष १२, २०७९ मंगलबार १७:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।