घाँस काट्न रूख चढेकी ६९ वर्षीया वृद्धाको लडेर मृत्यु

घाँस काट्न रूख चढेकी ६९ वर्षीया वृद्धाको लडेर मृत्यु
सांकेतिक तस्बिर

स्याङजा : जिल्लामा घाँस काट्ने क्रममा रुखबाट लडेर एम वृद्धाको मृत्यु भएको छ।

फेदीखोला गाउँपालिका–२ गाडाबास बस्ने ६९ वर्षीया देव कुमारी थापाको आफ्नै घर नजिक सौरको रुखमा चढी घाँस काट्ने क्रममा लडेर मंगलबार विहान मृत्यु भएको हो।

लडेर गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामामा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।

पुष १२, २०७९ मंगलबार १६:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।