वैदेशिक रोजगारीमा रहेका नेपालीले कसरी आईपीओ भर्ने ?

काठमाडौं : नेपाल धितोपत्र बोर्डले श्रम स्वीकृति लिएर नेपालबाहिर काम गरिरहेका नेपालीहरूका लागि १० प्रतिशत आईपीओ छुट्यायो।
यसरी छुट्याए पनि अधिकांशलाई कसरी आवेदन दिन सकिन्छ भन्नेबारे ज्ञान नभएको अवस्थामा आज हामीले वैदेशिक रोजगारीमा रहेकाले कसरी आईपीओ भर्नसक्छन् भन्नेबारेमा जानकारी ल्याएका छौं।
मापदण्ड के–के हुन् ?
यसरी आईपीओ भर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आश्वा सदस्य बैंकमार्फत आफ्नो नाममा वैदेशिक रोजगारी विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नुपर्नेछ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट अनुमतिप्राप्त निक्षेप सदस्य (डिपि)मार्पmत आफ्नो नाममा हितग्राही (डिम्याट) खाता खोल्नुपर्नेछ।
नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेश गरी रेमिट्यान्स बचत खाताको लागि बैंक मार्फत सि–आश्वा रजिष्ट्रेशन नम्बर (सीआरएन) लिनुपर्नेछ।
आफ्नो रेमिट्यान्स बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रूपैयाँ आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्नेछ।
आवेदकले आईपीओ निष्काशन भएको अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन्।
यसै सम्बोधनलाई समाधान गर्न गरिमा क्यापिटल लिमिटेडले सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले ९८४७३७९००९ र ९८४७३७९०१० भाइबर, ह्वाट्सएप र बोटिममार्फत सम्पर्क गरी जानकारी लिनसक्ने कम्पनीले जनाएको छ।
ग्राहकले बैंकमा रेमिट्यान्स बचत खाता खोल्न, डिम्याट÷हितग्राही र मेरोशेयर खाता खोल्न, बैंकबाट सिआरएन नम्बर लिन र आईपीओमा आवेदन दिनका लागि सहायता कक्षमा सम्पर्क गर्न सक्नेछन्।
पुष १२, २०७९ मंगलबार १६:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।