दक्षिण अफ्रिकामा ग्यास बोकेको ट्रक विष्फोट, १५ जनाको मृत्यु

एजेन्सी: दक्षिण अफ्रिकाको बोक्सबर्गमा ग्यास बोकेको ट्रक विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ। शनिबार बिहान भएको उक्त विष्फोटका कारण एक सय मिटर पर रहेको ताम्बो मेमोरियल अस्पतालका २४ जना बिरामी र १३ जना कर्मचारी घाइते भएका छन्।
ग्यास बोकेको ट्रक गौतेङ प्रान्तको बोक्सबर्गको पुलमा फसेपछि ट्रकमा आगो लागेर विष्फोट भएको अधिकारीहरूले बताएका छन्।
घाइतेमध्ये अस्पतालका एक जना चालक र दुई जना परिचारिकको मृत्यु भएको स्वास्थ्यमन्त्री जो फाहलाले बताएका छन्। विष्फोटबाट अस्पतालको भौतिक संरचनामा क्षति भएको छ।
क्षतिको विवरण आगमी साता सार्वजनिक गरिने छ।
पुष ११, २०७९ सोमबार १३:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।