नेपालका १० ट्राभल एजेन्सीलाई सलाम एयरको सम्मान

काठमाडौं : सलाम एयरलाइन्सले नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीहरूलाई सम्मान गरेको छ।
काठमाडौंस्थित एलफ्ट होटलमा आयोजित एक विशेष कार्यक्रमकावीच कम्पनीले सन् २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्सीलाई कम्पनीले सम्मान गरेको हो।
सन् २०१८ देखि नियमित उडान गरिरहेको सलामले हाल विभिन्न ३५ वटा गन्तव्यमा नियमित तथा केही अन्य गन्तव्यमा सिजनल सेवा दिँदै आएको छ। नेपालमा छिट्टै दैनिक उडान भर्ने कम्पनीको योजना छ।
सोही अवसरमा सलाम एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा सन्चालित मानसिक सन्तुलन गुमाएका सडक बालबालिका तथा नागरिकहरूको लागि काम गरिरहेको संस्था ‘नेपाल स्नेही काख’लाई खाद्य सामग्री तथा लत्ता कपडा वितरण पनि गरिएको थियो।
पुष ६, २०७९ बुधबार १२:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।