विश्वकप जितेको उत्सव मनाउन अर्जन्टिनामा सार्वजनिक बिदा

विश्वकप जितेको उत्सव मनाउन अर्जन्टिनामा सार्वजनिक बिदा

एजेन्सी: अर्जेन्टिनाले विश्वकप जितेको खुशीयालीमा भोलि त्यहाँ सार्वजनिक बिदा हुने भएको छ। अर्जेन्टिनाको राष्ट्रिय टोलीले राजधानी व्युनस एरिसमा ओबेलिस्कमा भोलि आफ्नो विश्वकप विजयको उत्सव मनाउने छ।

ओबेलिस्क खेलकुदको विजयको उत्सव मनाउने परम्परागत केन्द्रविन्दु हो। अर्जेन्टिनाको सरकारले सारा देशले राष्ट्रिय टोलीका लागि उत्सव मनाउन पाऊन् भनेर बिदा दिएको जनाएको छ।

अर्जेन्टिनी फुटबल संघले भनेको छ, 'विश्वविजेता टोली मङ्गलबार (अर्जेन्टिनामा हाल सोमबार हो) दिउँसो समर्थकहरूसँग ओबेलिस्कमा उत्सव मनाउन आउनेछ।' संघका अनुसार राष्ट्रिय टोली मङ्गलबार सबेरै राष्ट्रिय ध्वजावाहकमा अर्जेन्टिना पुग्नेछ। उनीहरूले संघकै ट्रेनिङ सेन्टरमा रात बिताउने छन्।

पुष ५, २०७९ मंगलबार ०८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।