कतार विश्वकप: सर्वाधिक गोल रेकर्ड

एजेन्सी: कतारमा हालै सम्पन्न विश्वकप फुटबलमा अहिलेसम्मकै सर्वाधिक गोल रेकर्ड भएको छ। अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै उपाधि चुमेको यो विश्वकपमा कुल १७२ गोल भयो।
हिजोको फाइनल खेलमा मात्रै ६ गोल (टाइब्रेकरबाहेक) भयो। यसअघि सन् १९९८ र २०१४ को विश्वकपमा समान १७१ गोल भएको थियो।
यो विश्वकपमा स्पेनले कोस्टारिकामाथि ७–० र इंग्ल्यान्डले इरानमाथि ६–२ को फराकिलो जित हात पारेका थिए। यस्तै समूह चरणका ६ खेल गोलरहित बराबरी भएका थिए।
यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी बनेका अर्जेन्टिनाका लियोनल मेस्सी एक्लैले सात गोल गरे भने फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेले आठ गोल गरे। एम्बाप्पेले गोल्डेन बुट प्राप्त गरे।
अब सन् २०२६ मा विश्वकप आयोजना हुनेछ। उक्त संस्करणमा गोलको नयाँ रेकर्ड हुने अनुमान छ। किनकि उक्त विश्वकपमा ४८ टोली हुनेछ।
पुष ४, २०७९ सोमबार १३:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।