हलगोरु पालेमा दश हजार अनुदान पाइने

हलगोरु पालेमा दश हजार अनुदान पाइने
तस्विरः हाेबाे ट्राभलर

काठमाडाैं। तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप दश हजार रुपैयाँ अनुदान दिने भएको छ। कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याइएको हो।   

हाल गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्यांक संकलन भैरहेकाे पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए। गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टरलगायत सामग्रीसमेत प्रदान गर्दै आएको ।

औजार खरिद गर्न नसक्ने किसानलाई हलगोरु पाल्न अनुदान दिन लागेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए। गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएको हो।

गाउँपालिकाले असहाय रोगीलाई पनि पन्ध्र हजार रुपैयाँ आर्थिक सहायता प्रदान गर्दै आएको श्रेष्ठले जानकारी दिएका छन्।

पुष ३, २०७९ आइतबार १४:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।