६० जनाकाे लाइसेन्स निलम्बन गर्दै ट्राफिक प्रहरी, ४४ पटकसम्म नियम उल्लंघन गर्ने पहिलाे सूचीमा

६० जनाकाे लाइसेन्स निलम्बन गर्दै ट्राफिक प्रहरी, ४४ पटकसम्म नियम  उल्लंघन गर्ने पहिलाे सूचीमा

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर महिनामा ६० वटा सवारी चालक अनुमति पत्र निलम्बनको लागि पठाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच पटकभन्दा बढि उल्लंघन गरेपछि कार्यालयले यातायात व्यवस्था विभागमा लाइसेन्स निलम्बनका लागि पत्र पठाएको कार्यालयका प्रवक्ता प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

४४ पटक कारबाहीमा परेका १ जना, १ जना ३५ पटक, २४ पटक परेका ३ जना, १४ पटक परेका १ जना, १२ पटक परेका ७ जना, ७ पटक परेका २ जना र ६ पटक कारबाहीमा परेका ४५ जना गरी जम्मा ६० जनाका सवारी चालक अनुमति पत्र निलम्बनको लागि यातायात व्यवस्था विभाग पठाएको हो।

ट्राफिक नियम उल्लघंन गरिरहने चालकहरूबाट नै सवारी दुर्घटना भएको तथ्याङ्कले समेत देखाएको छ। सवारी दुर्घटनामा परेका अधिकांश सवारी चालक यसअघि पनि पटक–पटक कारबाहीमा परेकोसमेत प्रवक्ता भट्टले बताए।

पुष १, २०७९ शुक्रबार १६:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।