तीन नेपाली महिला फुटबल खेलाडी आई लिग खेल्न भारतमा 

तीन नेपाली महिला फुटबल खेलाडी आई लिग खेल्न भारतमा 
फाेटाेः सावित्रा भण्डारीकाे फेसबुकबाट

काठमाडाैं ः नेपाली राष्ट्रिय महिला फुटबल टिमका तीन खेलाडी भारतकाे प्रतिष्ठित फुटबल लिग (आई लिग) खेल्न भारत पुगेका छन्। नेपाली टिमकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र गिता रानासँगै गाेलकिपर तथा कप्तान एन्जिला तुम्बापाे सुब्बा बिहीबार राति भारत प्रस्थान गरेका हुन्।

भारतकाे केरेलामा आगामी माघमा हुने आई लिगमा सावित्राले गाेकुलम केरेला एफसीबाट खेल्दै छिन्। त्यस्तै, गिता र एन्जिलाले सेथु एफसीबाट लिग खेल्नेछन्।

सावित्राले गाेकुलमबाट आई लिग खेल्न लागेकाे याे दाेस्राे सिजन हाे। दुई वर्षअघि उनले गाेकुलमबाट आई लिग खेल्दा याे टिमले उपाधि जितेकाे थियाे। उक्त संस्करणमा सावित्रा लिगकाे सर्वाधिक गाेलकर्ता बनेकी थिइन्।

नेपाली टिमकी कप्तान एन्जिला र गिताले भने पहिलाे पटक आई लिग खेल्न लागेका हुन्। नेपालमा यी तीनै जना खेलाडीले एपीएफ क्लबबाट खेल्ने गर्छन्।

पुष १, २०७९ शुक्रबार १३:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।