पोखराको हनुमान चोकमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौं: कास्कीको पोखरा महानगरपालिका- २५ हेम्जा हनुमान चोकमा गए राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
जीपमा सवार म्याग्दी मङ्गला गाँउपालिका- १ मजुलाका ४७ वर्षीय गजेन्द्र पुन र तनहुँ घर भई हाल पोखरा- १० शिवचोक बस्ने ३७ वर्षीया वसन्ती मगर घाइते भएका थिए।
घाइते दुवैको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेकोमा वसन्तीको उपचारकै क्रममा राति सवा २ बजे मृत्यु भएको हो। गए राति सवा १ बजे ग२च २६८४ नम्बरको जीप आफैँ अनियन्त्रित भई सडक छेउको विद्युत्को पोलमा ठक्कर खाएको हो।
चालक फरार रहेकाले खोजी कार्य भइरहेको वडा प्रहरी कार्यालय बगरले जानकारी दिएको छ।
पुष १, २०७९ शुक्रबार ११:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।