बालेनलाई मेयर बनाउन अभियानमा सक्रिय निर्देशक निश्चलमाथि मेयर बालेन्द्रका समर्थकको चर्को साइबर बुलिङ

काठमाडौं : २०२१ डिसेम्बर २४ मा र्यापर बालेन शाहको तस्बिर फेसबुकमा राख्दै फिल्म निर्देशक निश्चल बस्नेतले लेखेका थिए' उसले मेयरमा लड्छु भनेर आँटेको छ। केही गर्छु भनेर तातेको छ। .. He wants to lead by example ... Lets make him an example and see how change can happen ... उसले काम गर्छु काठमाडौँको लागि भन्दैछ, भोट हाल्ने हाम्रो काम चैँ हामी पूरा गरौँ न है।
निश्चल मात्रै हैन उनको श्रीमती तथा अभिनेत्री स्वस्तिमा खड्काले पनि सक्दो सहयोग गरिन् बालेनलाई मेयर बनाउन। उनले त मौन अवधिमा समेत मन थाम्न नसकेर बालेनको पक्षमा भोट मागेर विवादै आइन्।
बालेन काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाह पनि भए।
२०२२ डिसेम्बर १५ मा उनै निश्चल मेयर बालेन्द्र शाहका कट्टर फ्यानको चर्को साइबर बुलिङको सिकार बन्दै फेसबुकमा लेखिरहेका छन्' हाम्रो mayor ज्यू लाई मैले respect गरिन रे , त्यै भएर i deserve all kind of hateful messages हैन त? सत्य के हो मतलब भएन...गाली गर्न पाएपछि पछि हट्नु हुन्न है।
आफ्ना समर्थकहरूको साइबर बुलिङमा परेका कलाकारको संवेदनशील सन्देशमुनि मेयर बालेन्द्र शाह प्रशंसकहरूलाई सम्झाउनुको साटो जोक मुडमा निश्चललाई सुझाव दिएका छन्' बिचरा जहिल्यै विना कारण फस्नुहुन्छ यार तपाई। अब होम जप गर्नुपर्यो। अब तपाई स्ट्रोङ हुनुपर्छ।'
बालेनका प्रशंसकको टार्गेटमा कसरी परे निश्चल ?
केही दिन अगाडि टिकटकमा एउटा भिडियो क्लिप भाइरल भयो जसमा बालेन्द्र शाहले निश्चललाई नमस्कार गरेको तर निश्चलले वास्तै नगरेको जस्तै देखिन्छ। त्यही भिडियो क्लिपका आधारमा त्यसपछि बालेनका फ्यान दाबी गर्नेहरू एक्कासि निश्चलमाथि खनिन थाले।
उनीहरूले तल्लो स्तरको शब्द प्रयोग गर्दै निश्चललाई गाली गर्दै मेयर बालेनको अपमान गरेको आरोप लगाए। भिडियो झन् फैलियो। अनि निश्चल सो भिडियोबारे सामाजिक सञ्जालमै लेख्न बाध्य भए।
के हो भिडियोमा देखिएको दृश्य ?
निश्चलले लेखे अनुसार भिडियोको क्लिप अहिले तत्कालको हैन बालेन्द्र शाह मेयर हुनुभन्दा अगाडिको हो। त्यो बेलामा बालेन्द्रलाई काठमाडौँको मेयर बनाउने क्याम्पेन चलिरहेको थियो।
स्वस्तिमाको अभिनय रहेको फिल्म चिसो एस्ट्रेको प्रिमियरमा बालेन्द्र पनि आएका थिए। बालेन्द्र र निश्चलको पहिल्यै भेट भएको थियो कार्यक्रममा। दुवै सँगसँगै नै थिए। अरू चिनजानका साथीहरू आउँदा निश्चलले अरूलाई स्वागत गरिरहेका थिए। बालेनले अरूसँग कुरा गरिरहेका थिए।
त्यति भिडियो क्लिप कसैले टिकटकमा राखिदियो। सबैले बालेनको अपमान गरेको भन्दै निश्चललाई गाली गर्न थाले। अरू त अरू उनका आफन्तले नै के गरेको भनेर सोध्न थालेपछि फेसबुकमा लेख्न उनी बाध्य भए।
निश्चलको भनाई : सत्य के हो मतलब भएन...
कसैको character assassination गर्न कति सजिलो भाको रैछ आजकल। भिडियो क्लिप निकाल्यो, आफूलाई मन लागेको text लेख्यो अनि सुरु हुन्छ खेला। गाली गलौच गर्नलाई औँला चिलाइहाल्छ... 'खाते काले, चुतिया , रेस्पेक्ट गर्न नसक्ने *जी , तेरो फिल्म बहिष्कार गर्नु पर्छ, यस्ता पनि कलाकार रे !! यस्तै अनेकौँ, अझ कडा शब्दहरू...
बालेनले गरेको नमस्कार मैले नफर्काएर इग्नोर गरेँ भन्दै टिकटकमा एउटा भिडियो भाइरल हुँदै रैछ। साथीभाइले, आफन्तले पनि प्रश्न गर्न थाले के गरेको तैँले भन्दै। त्यै भएर लेख्दै छु।
बालेनलाई मेयर बनाउन क्याम्पेन चलिरहेको बेलाको कथा हो यो, चिसो एस्ट्रे फिल्मको प्रिमियरको समय।
७-८ महिना अगाडि को भिडियो हो त्यै बेलाको इभेन्टको। बालेन र मेरो भेट अगाडि नै भएर सँगसँगै थियौं, अरू चिनजान भएका साथी आउँदा उनले अरूलाई, मैले अरूलाई greet गरिरहेका थियौं।
कथा सकियो !
हाम्रो मेयर ज्यूलाई मैले रेस्पेक्ट गरिन रे, त्यै भएर i deserve all kind of hateful messages हैन त?
सत्य के हो मतलब भएन... गाली गर्न पाएपछि पछि हट्नु हुन्न है।
धन्यवाद।
मंसिर २९, २०७९ बिहीबार २३:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।