सिद्धार्थ बैंक ‘Best Managed Commercial Bank’ अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक ‘Best Managed Commercial Bank’ अवार्डबाट सम्मानित

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेड दाेस्राे संस्करणकाे ‘Best Managed Commercial Bank’ अवार्डबाट सम्मानित भएको छ।

न्यू बिजनेश एज प्रालिले आयोजना गरेको सातौं न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवाड्र्समा बैंकलाई उक्त अवार्डको उपाधिबाट सम्मान गरिएको हो। अवार्ड सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले ग्रहण गरेका थिए।

यस उपाधिले ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउने र आगामी दिनहरूमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न बैंकलाई प्रेरित गरेको बस्यालले बताए।

बैंकले देशभर १९३ वटा शाखा, २१५ वटा एटिएम, ११८ शाखारहित बैंकिङ्ग सेवा र १,८०० भन्दा बढी पिओएस् मेसिनमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

मंसिर २९, २०७९ बिहीबार १८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।