नारायणगढ मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

नारायणगढ मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

काठमाडौं : पुल बनाउनका लागि नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ।

मुग्लिन–नौबिसे सडक आयोजनाले एक सूचना निकालेर सडक दैनिक चार घण्टा बन्द रहने जनाएको हो।

कठिन किसिमको भौगोलिक बनावट रहेका कारण सडक सुरक्षालाई ध्यान राखी सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड कटान गर्न लागिएको हो।

कार्यालयले पुस ४ गतेदेखि एक महिनासम्मका लागि सडक विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी रोकिने जनाएको हो।

मंसिर २९, २०७९ बिहीबार १८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।