२० वर्षमुनिको साफ महिला च्याम्पियनसिप ढाकामा हुने, उद्घाटन खेलमा भारत र भुटान भिड्दै

२० वर्षमुनिको साफ महिला च्याम्पियनसिप ढाकामा हुने, उद्घाटन खेलमा भारत र भुटान भिड्दै

काठमाडौं : २० वर्षमुनिको साफ महिला च्याम्पियनससिपको खेलतालिका सार्वजनिक भएको छ।

बंगलादेशको ढाकामा सन् २०२३ को फेब्रुअरीमा ३ देखि ९ तारिखमा हुने प्रतियोगिता राउण्ड रोबिनको आधारमा हुनेछ।

प्रतियोगिताको उद्घाटन खेल ३ फेब्रअरीमा भारत र भुटानबीच हुँदा दोस्रो खेल सोही दिन साँझ नेपाल र बंगलादेशबीच हुनेछ।

यस्तै, दोस्रो दिन ५ फेब्रुअरीमा पनि दुई खेल हुनेछ। पहिलो खेल नेपाल र भुटानबीच हुँदा दोस्रो खेल भारत र बंगलादेशबीच हुनेछ।

तेस्रो दिन ७ फ्रेब्रुअरीमा पनि दुई खेल हुनेछ। पहिलो खेलमा भारत र नेपालबीच हुँदा दोस्रो खेल बंगलादेश र भुटानबीच हुनेछ।

प्रतियोगिताको फाइनल ९ फेब्रुअरीमा हुनेछ। अंकतालिकाको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ।

मंसिर २९, २०७९ बिहीबार १७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।