सरकारको खातामा ४४ अर्ब पैसा घट्यो

सरकारको खातामा ४४ अर्ब पैसा घट्यो

काठमाडौं : नेपाल राष्ट्र बैंकले सरकारको खातामा ४४ अर्ब ८५ करोड रूपैयाँ खाता घटेको जनाएकाे छ।

बिहीबार बैंकले सार्वजनिक गरेकाे चालु आर्थिक वर्षकाे सुरुवाती चार महिनाकाे वित्तिय विवरणमा यस्ताे देखिएकाे हाे।

२०७९ असोज मसान्तमा प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेतगरी सरकारका विभिन्न खातामा १८२ अर्ब ८४ करोड रूपैयाँ नगद मौज्दात छ।

२०७९ असार मसान्तमा यस्तो मौज्दात २२७ अर्ब ६९ करोड रूपैयाँ थियो।

मंसिर २९, २०७९ बिहीबार १६:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।