तीन महिनामा ब्याटिङ सुधार्छु भनेका प्रभाकरले चार महिनामै राजीनामा दिए

काठमाडौं : तीन महिनामा ब्याटिङमा सुधार गर्ने वाचा गरेका नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले चार महिनामै पदबाट राजीनामा दिएका छन्।
बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। उनले आजैबाट लागू हुनेगरी राजीनामा दिएका हुन्।
उनको राजीनामा स्वीकृतसमेत गरिसकेको क्यानले जनाएको छ।
गत साउन २३ गते नेपाली टिमको मुख्य प्रशिक्षकको रूपमा नियुक्त भएका प्रभाकरले चार महिना मात्र नेपाली टिमको प्रशिक्षण गरे। उनले राजीनामा दिनुको कारण भने खुलाएका छैनन्।
मुख्य प्रशिक्षकमा नियुक्त भएपछिको पहिलो पत्रकार सम्मेलनमा प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङ रहेको भन्दै ब्याटिङलाई २–३ महिनामा नै सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
मंसिर २९, २०७९ बिहीबार १५:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।