पशुपति क्षेत्र विकास कोषलाई अटोमेटेड ब्रुमर हस्तान्तरण

पशुपति क्षेत्र विकास कोषलाई अटोमेटेड ब्रुमर हस्तान्तरण

काठमाडौं : नेपाल एसबीआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई अटोमेटेड ब्रुमर हस्तान्तरण गरेको छ।

बुधबार कोष परिसरमा भएको कार्यक्रममा बैंककी अध्यक्ष जयती बन्सलले ब्रुमर हस्तान्तरण गरिन्। कार्यक्रममा बैंकका पदाधिकारी सहित उच्च पदस्थ व्यक्तिको उपस्थिति थियो।

साथै बैंककी अध्यक्ष बन्सलले कोषको परिसरमा रहेको कैलाश डांडामा बृक्षरोपणसमेत गरिन्।

बैंकले हाल ९१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट कार्यालयका साथै १३० एटिएमबाट सेवा प्रदान गर्दै आइरहेको छ।

मंसिर २९, २०७९ बिहीबार १५:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।