नेप्से १४ अंकले घट्दा पनि १ अर्बमाथिको करोबार, दुई कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं : कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १४ अंकले घटेर बन्द भएको छ।
बजार खुलेको केही समय बढेको परिसूचक त्यसपछि भने क्रमशः घट्दै १८८२ विन्दुमा आइपुगेको छ। आज सेन्सेटिभ परिसूचक २ अंकले घटेर ३६८ विन्दुमा छ।
यसदिन १३ उपसूचक समूह सबै घटेका छन्। सबैभन्दा बढि फाइनान्स समूह १.५ प्रतिशतले घट्दा सबैभन्दा कम व्यापार समूह ०.२८ प्रतिशतले घटेको छ।
बजार घट्दा पनि कारोबारमा भने खासै असर गरेको छैन। यसदिन २५४ कम्पनीको ४८ लाख ४ हजार २७९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १९ करोड २६ लाखको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ।
यसदिन सबैभन्दा बढि कारोबार नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको भएको छ। यो बैंकले मात्र २२ करोडको कारोबार गर्दा दोस्रो स्थानमा रहेको शिवम् सिमेन्टको ८ करोडको कारोबार भएको छ।
रुरु जलविद्युत् र इष्टर्न हाइड्रोपावरमा आज सकारात्मक सर्किट लागेको छ। यी दुई कम्पनीले लगानीकर्ताले लगभग १० प्रतिशतले कमाएका छन्।
मंसिर २९, २०७९ बिहीबार १५:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।