परालको कुन्युमा २२ वर्षीय युवकको शव भेटियो, २ जना नियन्त्रणमा

फाइल तस्बिर
बारा : विश्रामपुर गाउँपालिका–५ इटियाही दरबार कोलोनीस्थित खेतमा रहेको परालको कुन्युमा एक युवकको शव भेटिएको छ।
शव जितपुर सिमरा उपमहानगरपालिका–८ राजनगर घर भएका २२ वर्षीय सुरज साह कानुको रकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धानका लागि २ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेको दुईजनाको परिचय प्रहरीले खुलाएको छैन।
मंसिर २९, २०७९ बिहीबार १४:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।