ढुङ्गाले हानेर श्रीमानको हत्या, श्रीमती पक्राउ

ढुङ्गाले हानेर श्रीमानको हत्या, श्रीमती पक्राउ

तनहुँ : आफ्नै श्रीमानको हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

४० वर्षीय मन बहादुर नेपालीको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–३० शिशुवा घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोल बस्ने ३६ वर्षीया शुसिला बिकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण शुसिलाले श्रीमानको टाउकोमा ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका थिए।

घाइतेको उपचारको क्रममा जिपी कोइराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्र बेलचौतारामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मंसिर २९, २०७९ बिहीबार १४:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।