यी १५ कम्पनी कालोसूचीमा, वर्षसम्म ठेक्का नपाउने

यी १५ कम्पनी कालोसूचीमा, वर्षसम्म ठेक्का नपाउने

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १३ सरकारी कार्यालयको कानूनी दायराभित्र रहेर पनि काम नगर्ने १५ कम्पनीलाई कालो सूचीमा राखेको हो।

कालो सूचीमा रहेका कम्पनीहरूले १ देखि ३ वर्षसम्म काम गर्न पाउने छैनन् भने कालो सूचीमा राखिएको अवधिभर ति कम्पनीहरूले कुनै पनि खरिद कारबाहीमा भाग लिन पनि पाउने छैनन्।

मंसिर २९, २०७९ बिहीबार १४:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।