पर्वतमा बिहानै जन्ती बोकेको बसको ठक्करबाट एक पुरुषको मृत्यु

काठमाडौं: पर्वतको जलजला गाउँपालिका- ८ नाइलिवाङमा आज बिहानै जन्ती बोकेको बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।पर्वतबाट तनहुँ जन्ती लिएर जाँदै गरेको ध१ख ४९४ नम्बरको बसले स्थानीय ५० वर्षीय जुठेबहादुर दमाईलाई आज बिहान सवा ३ बजे ठक्कर दिएको थियो।
धौलागिरी अस्पताल बाग्लुङमा उपचारको क्रममा पौने ४ बजे जुठेबहादुरको मृत्यु भएको प्रहरी चौकी मिलनचोक पर्वतले जनाएको छ। बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंसिर २९, २०७९ बिहीबार १२:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।