काठमाडौंको ठाडोभर्‍याङमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौंको ठाडोभर्‍याङमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं: काठमाडौं महानगरपालिका- १५ स्थित ठाडो भर्याङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुली मरिन गाँउपालिका- ३ का २२ वर्षीय निर्मल लामा रहेका छन्।

उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बिहान सवा ६ बजे मृत्यु भएको हो। आज बिहान साढे ५ बजे सितापाइलाबाट स्वयम्भूतर्फ आउँदै गरेको बा१ग ७६३ नम्बरको पर्यटक बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२ ०१८प ४९४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुवै सवारी साधन र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त स्वयम्भूले जानकारी दिएको छ।

मंसिर २९, २०७९ बिहीबार ११:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।