न्युजिल्याण्डको टेस्ट कप्तानबाट हटे केन विलियमसन

एजेन्सी: न्युजिल्याण्डको क्रिकेट टोलीका कप्तान केन विलियमसनले कप्तानी छोडेका छन्। उनले टेस्ट क्रिकेटतर्फको कप्तानी छोडेका हुन्।
विलियमसनले कप्तानबाट राजीनामा दिएपछि अब न्युजिल्याण्डको टोलीको नेतृत्त्व टिम साउदीले गर्नेछन्। यद्यपि ह्वाइट बल अर्थात् एकदिवसीय र टी ट्वेन्टीमा भने विलियमसन नै कप्तान रहनेछन्।
वर्ल्ड टेस्ट च्याम्पियनसिपमा फाइनलमा भारतलाई हराउँदै न्युजिल्याण्डलाई उपाधि दिलाएका विलियमसनले कप्तानबाट हट्ने यो उपयुक्त समय भएको बताएका छन्। "न्युजिल्याण्ड क्रिकेट बोर्डसँगको छलफलपछि हामीलाई लाग्यो ह्वाइट बल फर्म्याटमा कप्तानी गर्नु उचित हुनेछ। किनकि आगामी दुई वर्षमा दुई वटा विश्वकप हुँदैछ।"
न्युजिल्याण्डको टोलीको उपकप्तान टम लेथम हुनेछन्। साउदीले यसअघि पनि २२ टी ट्वेन्टीमा कप्तानी गरिसकेका छन्।
मंसिर २९, २०७९ बिहीबार ०७:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।