मौसम: तराईका केही स्थानमा हुस्सु, पहाडी भू-भागमा आंशिक बदली

मौसम: तराईका केही स्थानमा हुस्सु, पहाडी भू-भागमा आंशिक बदली

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज तराईका केही स्थानमा हुस्सु तथा पहाडीका केही स्थानमा आंशिक बदली हुने जनाएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

यतिबेला तराई भू-भागको केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुको साथै देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति लुम्बिनी प्रदेशका साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

मंसिर २९, २०७९ बिहीबार ०७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।