बुढ्यौलीतिर ढल्किएका मेस्सी र युवा स्टार एम्बाप्पे

बुढ्यौलीतिर ढल्किएका मेस्सी र युवा स्टार एम्बाप्पे

काठमाडौँ : आइतबार अर्जेन्टिना र फ्रान्सविच सन् २०२२ को विश्वकपको उपाधिका लागि हुने प्रतिस्पर्धा केबल ट्रफीका लागि हुने प्रतिस्पर्धा मात्र बन्ने छैन। आइतबारको प्रतिस्पर्धा बुढ्यौलीतिर प्रवेश गरिरहेका लिजेन्ड अनि युवा सुपरस्टारबिचको प्रतिस्पर्धा समेत हुने छ।

यो केवल अर्जेन्टिना अनि फ्रान्सबिचको मात्र प्रतिस्पर्धा पनि हुने छैन। साउथ अमेरिका र युरोपबिचको मात्र प्रतिस्पर्धा पनि हैन। आइतबारको प्रतिस्पर्धा आफ्नो फुटबल करिअरको अन्तिम विश्वकप खेलिरहेका मेस्सी र फुटबल दुनियाँमा चम्किँदै गएका एम्बाप्पेविचको प्रतिस्पर्धा पनि हो।

आइतबार कतारको रङ्गशालामा उत्रिदा मेस्सी अर्जेन्टिनाको लागि तेस्रो पटक विश्वकपको उपाधि दिलाएर शानदार बिदाइको प्रयास गर्नेछन्।

एम्बाप्पे फ्रान्सलाई तेस्रो पटक फुटबल विश्वकपको ट्रफी दिलाएर फुटबल यात्राको अर्को शानदार यात्राको थालनी गर्ने प्रयास गर्नेछन्। ट्रफी उहीँ, राष्ट्रको जितको सङ्ख्या उही तर एम्बाप्पेका लागी त्यही सुखद सुरुवात बन्न सक्छ। मेस्सीका लागि सुखद बिदाइ। किनकि मेस्सीले घोषणा गरिसके 'आइतबार म अन्तिम विश्वकप खेल्नेछु।'

प्रतिस्पर्धा ट्रफीको मात्र छैन, यी दुईबिच गोल्डेन बुट कसले पाउने भन्ने निर्णय पनि आइतबार दुवै खेलाडी गर्ने गोल वा असिस्टले निर्णय गर्नेछ।

सन् २०१८ को विश्वकपबाट नै एम्बाप्पे भावी युवा स्टारको रूपमा देखिएका थिए। २०२२ मा आइपुग्दा उनी युवा स्टारको रूपमा मैदानमा आए।

मेस्सी अर्जेन्टिनालाई तेस्रो पटक विश्वकपको उपाधि दिलाउने चौथो प्रयासमा छन्। तर एम्बाप्पेको यो प्रयास पहिलो हो। 

मंसिर २९, २०७९ बिहीबार ०३:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।