मोरक्कोलाई हराउँदै फ्रान्स वर्ल्ड कप फाइनलमा, तेस्रो पटक उपाधि जित्न अर्जेन्टिनासँग प्रतिस्पर्धा

मोरक्कोलाई हराउँदै फ्रान्स वर्ल्ड कप फाइनलमा, तेस्रो पटक उपाधि जित्न अर्जेन्टिनासँग प्रतिस्पर्धा

काठमाडौँ :  कतारमा जारी विश्वकप २०२२ को दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई पराजित गरेको छ।

खेल सुरु भएको पाँच मिनेटमै फ्रान्सले  एक गोल गरेर अग्रता लिएको थियो। दोस्रो गोल गर्न ७४ मिनेट लाग्यो।  खेल अवधिभर मोरक्को फ्रान्समाथि हाबी भए पनि गोल भने हुन सकेन।

मोरक्कोले पटक पटक गोल गर्ने मौका पाएको थियो। तर फ्रान्सको डिफेन्स तोड्न सकेन। मोरक्को टोलीमा फिनिसिङको समस्या देखियो।

दोस्रो हाफमा फ्रान्स पुरै डिफेन्सिभ बनेको थियो। बेलाबखत गोल सङ्ख्या बढाउने प्रयास गरे पनि सफल नभएको फ्रान्सले ७९  मिनेटमा सफल भयो।

पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगिसकेको छ।  अर्जेन्टिना तेस्रो पटक विश्व विजेता बन्ने प्रयासमा छ भने फ्रान्स पनि तेस्रो  पटकको विजेता बन्ने प्रयासमा छ।

मोरक्कोले विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको रेकर्ड राखिसकेको छ। तेस्रो स्थानका लागि मोरक्कोले क्रोएसियासँग प्रतिस्पर्धा गर्ने छ। 

मंसिर २९, २०७९ बिहीबार ०२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।