आज मोरक्कोको जितको अर्थ विश्वकपको रेकर्ड मात्र हुने छैन

आज मोरक्कोको जितको अर्थ विश्वकपको रेकर्ड मात्र हुने छैन

काठमाडौं : अर्जेन्टिनासँग फाइनल खेल खेल्न दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्स भिड्दैछन्। कतारमा जारी विश्वकप २०२२ मा मोरक्को एक गोल पनि नखाई सेमिफाइनलसम्म पुगेको हो।

मोरक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेर आफ्नो पूर्वउपनिवेशकर्ता फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ। मोरक्कोमा फ्रान्सको शासन १९५६ मा औपचारिक रूपमा समाप्त भएको थियो। तर अझै सम्बन्ध सुमधुर छैन दुवै देशको। उतारचढाव भइरहन्छ।

क्रोएसियालाई ३-० ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगिसकेको छ। आज जसले जित्छ विश्वकप उपाधिका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।

फ्रान्स चौथो पटकको विजेता बन्ने प्रयासमा छ।  मोरक्कोले विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको रेकर्ड राखिसकेको छ। उ विश्वकपको फाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको रेकर्डसँगै विश्वकप जित्ने पहिलो अफ्रिकी देश बन्न आज फ्रान्ससँग भिड्नेछ।

फ्रान्सका लागि यो सातौँ विश्वकप सेमिफाइनल हो। मोरक्कोको एक आत्मघाती गोल बाहेक विश्वकपको यात्रामा विपक्षीबाट गोल खाएको छैन। फ्रान्सले आफ्नो उम्दा खेल कौशल कायम राखेकाले दोस्रो सेमिफाइनल रोचक हुने देखिन्छ।

मंसिर २९, २०७९ बिहीबार ००:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।