चेन रेस्टुरेन्टमा ब्रान्ड बन्दै भ्याली एक्सप्रेस, पुल्चोकमा खुल्यो सातौँ शाखा

काठमाडौँ : गुणस्तरीय मासुजन्य व्यापारको उद्देश्य लिएर २०४१ मा स्थापित भ्याली ग्रुप चेन रेस्टुरेन्टमा आक्रामक बन्दै सातौँ आउटलेट खोलेको छ।
भ्याली ग्रुपको भगिनी संस्था भ्याली एक्सप्रेसले बुधवार पुल्चोकको झम्सिखेलमा सातौँ आउटलेट खोलेको हो। सुपथ मूल्यमा गुणस्तरीय मासु उपलब्ध गराउन ३१ वर्ष अगाडि भ्याली कोल्ड स्टोरका रूपमा स्थापित कम्पनी अहिले भ्याली ग्रुपमा रुपान्तरणहुँदै तयारी खाद्यमा समेत प्रवेश गरेको हो।
पहिलो आउटलेट चितवनमा खोलेर फाष्टफुडको व्यापारमा प्रवेश गरेको भ्यालीले काठमाडौँको नयाँ बजार, केएल टावर लगायत विभिन्न स्थानमा यस अगाडि नै छ वटा आउटलेट खोलीसकेको छ।
प्रारम्भमा मासुजन्य व्यापारको उद्देश्यले स्थापना भएको प्रालिले ३७ वर्षभित्रमा मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग र आधुनिक ह्याचरी उद्योग र पोल्ट्री व्यवसायलाई एकीकृत रूपमा सञ्चालन गर्दै आएको छ।
अन्तर्राष्ट्रिय मापदण्ड कायम गर्दै सहरी उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय, स्वास्थ्यकर र स्वादिलो तयारी खाना उपलब्ध गराउन भ्याली एक्सप्रेसको नाममा तयारी खानामा प्रवेश गरेको छोटो अवधीमै ग्राहकहरूबाट सकारात्मक प्रतिक्रिया आएपछि सातौँ शाखा खोलेको भ्याली ग्रुपका निर्देशक बाबुराजा रावलले बताए।
भ्याली एक्सप्रेसमा अन्तर्राष्ट्रिय चेन रेस्टुरेन्टले उपयोग गरिरहेका प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकेन, चिकेन बर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्न लगायतका परिकार विक्री गर्ने गरेको छ। यसको सेन्ट्रल किचेन नयाँ बजारमा रहेको भ्याली ग्रुपको केन्द्रीय कार्यालयमा छ।
रावलका अनुसार चितवनमा परीक्षणका रूपमा ७ वर्ष अगाडि भ्याली एक्सप्रेस सुरु भएको थियो। तयारी खाद्यान्नमा उपभोक्ताको सकारात्मक र उत्साहजनक प्रतिक्रियापछि काठमाडौँ उपत्यकामा आउटलेटहरु बढाइएको हो।
'नेपालमा उत्पादन बढाई रोजगारको अवसर निर्माण गर्ने र सुपथ मूल्यमा स्वास्थ्यकर मासुजन्य सामाग्री उत्पादन गर्ने हाम्रो लक्ष्य हो' रावलले भने।
भ्यालीले कोल्ड स्टोर, फिड ईण्डष्ट्रीज्, ह्याचरी उद्योग, आधुनिक वधशाला समेत सञ्चालन गर्दै आएको छ।
मासुजन्य व्यापारसँगै नेपालीहरूको फास्टफुडप्रतिको आकर्षण देखेपछि स्वास्थ्यकर र गुणस्तरीय तयारी खाना खुवाउने उद्देश्यले भ्याली एक्सप्रेस सुरु गरिएको उनले बताए। तयारी मासुजन्य उत्पादनप्रति ग्राहकले विश्वास गरेर ग्राहकहरूबाट रेस्टुरेन्टको सुझाव आएपछि परीक्षणको रूपमा सुरु गरिएको र ग्राहक सन्तुष्ट भएपछि आउटलेटहरु बढाउँदै लगिएको उनले बताए।
कोरोनाकालका कारण भ्याली एक्सप्रेसको २ वटा आउललेट बन्द भएका थिए। त्यसलाई समेत विस्तार गर्दै विश्वसनीय चेन रेस्टुरेन्टको रूपमा भ्याली एक्सप्रेसलाई अगाडि बढाउने लक्ष्य रहेको रावललले उकेरासँग बताए।
'एउटा चेन रेस्टुरेन्ट खोल्दा न्यूनतम पनि सात जना नेपालीले रोजगार पाउँछन्। सात वटा चेन खोल्दा ७० जनाले स्वदेशमै रोजगार पाएका छन्,' उनले भने' विदेशी ब्रान्ड भन्दा नेपाली ब्रान्ड र नेपाली उत्पादन पनि कम छैनन् भन्ने विश्वास दिलाउने हाम्रो लक्ष्य थियो। नेपाली उपभोक्ताले नेपाली उत्पादनलाई माया गर्नुहुन्छ भन्ने भ्याली एक्सप्रेसको विस्तारले समेत देखाएको छ।'
मंसिर २८, २०७९ बुधबार २०:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।