नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा बन्सल चयन, गरिन् शपथग्रहण

काठमाडौं : नेपाल एसबिआई बैंक सञ्चालक समितिको अध्यक्षमा जयन्ती बन्सल चयन भएकी छन्।
मंसिर २६ गते बसेको बैंकको ४९३औं बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएकी बन्सललाई अध्यक्षमा चयन गर्ने सर्वसम्मति निर्णय गरेको हो।
बन्सल, एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही बैंकको विदेश नीति, व्यवसाय प्रवर्द्धन, सञ्चालन प्रभावकारीता तथा विश्वभरिका विदेशी सहायक एवं संयुक्त लगानीका बैंकहरूको सञ्चालन लगायतका मामिला हेर्छिन्।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष बन्सललाई राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराए।
सपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र, कार्यकारी निर्देशक डा. गुणाकार भट्ट, निर्देशक मुक्तिनाथ सापकोटा तथा नेपाल एसबिआई बैंकका सञ्चालकहरू उपस्थित थिए।
मंसिर २८, २०७९ बुधबार १३:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।