फेरि पक्राउ परे डा. पंकज चौधरी 

फेरि पक्राउ परे डा. पंकज चौधरी 

जनकपुरधाम : श्रीमती नेहा चौधरीलाई दाइजोको निहुँमा घरेलु हिंसा गरेको आरोपमा डा. पंकज चौधरी फेरि पक्राउ परेका छन्।

नेहाले दिएको दाइजो विरुद्धको जाहेरीका आधारमा मंगलबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका–५ का ३५ वर्षीय चौधरीलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिए।

उनका अनुसार हिरासतमा रहेका चौधरीलाई दाइजो विरुद्धको कसूरमा कारबाही चलाउन अनुसन्धान गरिरहेको छ।

३ वर्षको प्रेमपछि विवाह गरेका उनीहरूको बिहे गरेको चार महिना पश्चात् खटपट सुरु भएको थियो।

नगद र सुनचाँदी गरी १ करोड २५ लाख रूपैयाँ खर्च गरेका नेहाको परिवारलाई पंकजले काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई शारीरिक र मानसिक यातना दिएको नेहाको आरोप छ।

यसअघि उनले गत कार्तिक ४ गते नेहाले घरेलु हिंसा सम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दर्ता गराएकी थिइन्। त्यस बखत पनि तीन दिन प्रहरीले पंकजलाई हिरासतमा राखेको थियो।

मंसिर २८, २०७९ बुधबार १३:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।