पुस ७ गतेसम्म भाडा नतिर्ने इन्टरनेट र केबल सेवा प्रदायकको तार काट्ने प्राधिकरणकाे चेतावी

पुस ७ गतेसम्म भाडा नतिर्ने इन्टरनेट र केबल सेवा प्रदायकको तार काट्ने प्राधिकरणकाे चेतावी

काठमाडौं : पटक–पटक ताकेता गर्दा पनि​ पोलभाडा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले  इन्टरनेट सेवा प्रदायकहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।

६ मंसिर मा एक सूचना जारी गर्दै विद्युत प्राधिकरणले ७ पुसभित्र टेलिफोन, इन्टरनेट र केबल टिभी सेवा सञ्चालन गर्ने कम्पनीहरूलाई प्राधिकरणको पोल प्रयोग गरेवापतको भाडाशुल्क तिर्न ताकेता गरेकाे थियो।

तर दिइएको समय सकिन एक हप्तामात्र बाँकी रहँदा पनि अहिलेसम्म कुनै पनि सेवाप्रदायकले सम्पर्क नगरेका कारण प्राधिकरणले पुनः सूचना प्रकाशित गरेको छ।

आफ्नो विद्युतीय संरचनाहरू प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिई टेलिफोन, इन्टरनेट र केबल टिभी सेवा सञ्चालन गर्ने सेवा प्रदायकहरूलाइ सम्झौता गर्न र नवीकरण गर्नका लागि प्राधिकरणले आग्रह गरेको छ।

यद्यपि कुनै पनि सेवा प्रदायकले अहिलेसम्म सम्झौता गर्न वा सम्झौता नवीकरण गर्न नआएको साथै बक्यौता भाडा रकम पनि नबुझाएको प्राधिकरणले भनाइ छ।

७ पुसभित्र बक्यौता भाडा रकम भुक्तानी नगरेको खण्डमा र सम्झौताका लागि सम्पर्क नगरेमा सम्बन्धित सेवा प्रदायकलाई कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ।

साथै यसबाट उक्त सेवा प्रदायकका सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति प्राधिकरण क्षमाप्रार्थी रहने पनि सूचनामा उल्लेख गरेको छ।

मंसिर २८, २०७९ बुधबार ११:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।