१ लाख नाघ्याे सुनकाे मूल्य

१ लाख नाघ्याे सुनकाे मूल्य

काठमाडौं : सुनको मूल्य तोलाको १ लाख रूपैयाँ नाघेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सार्वजनिक गरेको मूल्यअनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख १ हजार रूपैयाँ पुगेको हो। हिजो यो मूल्य १ लाख रूपैयाँ थियो।

यस्तै तेजाबी सुनको मूल्य पनि मंगलबारको तुलनामा १ हजार रूपैयाँ बढेर १ लाख ५ सय रूपैयाँ पुगेको छ।

विवाहकाे सिजन भएकाले सुनकाे मूल्य पछिल्लाे समय ह्वात्तै बढेकाे छ। यद्यपि व्यवसायीहरू भने अन्तर्राष्ट्रिय बजारमा नै सुनकाे मूल्य बढेकाे दाबी गर्छन्।

चाँदीको मूल्य बुधबार तोलको १ हजार ४ सय रूपैयाँ कायम भएको छ। यसमा मंगलबारको तुलनामा प्रतितोला १० रूपैयाँ वृद्धि भयो।

मंसिर २८, २०७९ बुधबार १०:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।