मेस्सीको गृह नगरमा हेलिकप्टरबाट उनको जर्सी झन्डाजस्तै फहराइयो

मेस्सीको गृह नगरमा हेलिकप्टरबाट उनको जर्सी झन्डाजस्तै फहराइयो

काठमाडौँ  : कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको खुसीमा अर्जेन्टिनाका क्याप्टेन लियोनल मेस्सीको गृहनगर रोजारियोमा उनको नम्बर अङ्कित जर्सी हेलिकप्टरबाट फहराइयो।

क्रोएसियालाई ३-० ले पराजित गर्दै मङ्गलवार अर्जेन्टिना छैटौँ पटक वर्ल्ड कपको फाइनलमा पुगेको हो। अर्जेन्टिना फाइनलमा पुगेको खुसीयालीमा उनको गृहनगरमा उत्सव मनाइएको छ।

सोही क्रममा मेस्सीको सम्मानमा उनले खेल मैदानमा लगाउने १० नम्बर अङ्कित जर्सीको प्रतीक बनाएर हेलिकप्टरबाट फहराउँदै घुमाइएको थियो।

क्रोएसियालाई ३-० ले हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गर्दा क्याप्टेन लियोनल मेस्सीले एक गोल गरेका थिए। जुलियन अल्भारेजले  २ गोल गर्दा एक गोलका लागि मेस्सीले पास दिएका थिए।

जारी विश्वकपमा मेस्सीले पाँच गोल गर्दै तीन गोलका लागि सहयोगी बनेका छन्। हालसम्म मेस्सीले वर्ल्डकपमा ११ गोल गर्दै ८ गोलमा निर्णायक सहयोगी बनेका छन्।

मंसिर २८, २०७९ बुधबार ०८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।