तीन खेलाडी गोल्डेन बुटको दौडमा, मेस्सी दाेस्राे दाबेदार

काठमाडौं : कतारमा जारी फिफा विश्वकपमा सबैभन्दा धेरै गोल गरेर तीन खेलाडी गोल्डेन बुटको दौडमा छन्।
दुई खेल मात्र बाँकी रहँदा फ्रान्सका केलिएन एम्बाप्पे, अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सकै ओलिभर जिरुड बुट दाबेदार देखिएका हुन्।
२३ वर्षीय युवा स्टार एम्बाप्पेले जारी विश्वकपमा पाँच गोल गरेका छन्। समूह चरणमा अष्ट्रेलियाविरुद्ध एक र डेनमार्कविरुद्ध दुई गोल गरेका उनले नकआउटमा पोल्यान्डविरुद्ध दुई गोल गरेका हुन्।
सेमिफाइनलमा मोरक्कोसँग हुन लागेको फ्रान्सको खेलमा एम्बाप्पेले अझै गोलसंख्या बढाउनसक्ने अनुमान गरिएको छ।
यस्तै, समान पाँच खेल खेलेका अर्जेन्टिनाका लियोनल मेस्सी गोल्डेन बुटका दाबेदार हुन्। साउदी अरेबियाविरुद्ध पहिलो गोल गरेका उनले मेक्सिकोविरुद्ध पनि एक गोल गरेका थिए।
प्रि–क्वार्टरफाइनलमा अष्ट्रेलिया र क्वार्टरफाइनलमा नेदरल्यान्डसँग पनि मेस्सीले एक–एक गोल गरे। सेमिफाइनलमा क्रोएसियाविरुद्ध पेनाल्टीमा गोल गर्दै उनले गोलसंख्या पाँच पुर्याएका छन्।
फ्रान्सका ओलिभर जिरुड पनि गोल्डेन बुटका दाबेदार हुन्। जिरुडले समूह चरणमा अष्ट्रेलियाविरुद्ध दुई गोल गरे भने नकआउटमा पोल्यान्डविरुद्ध एक गोल गरे।
क्वार्टरफाइनलमा इङ्गल्याण्डविरुद्ध निर्णायक एक गोल गरेका उनी राम्रो लयमा भएका काराण बुधबार रातिको खेलमा पनि गोल गर्नसक्ने सम्भावना कायमै छ।
अघिल्लो संस्करणको विश्वकपमा इङ्गल्यान्डका कप्तान हृयारी केनले गोल्डेन बुट जितेका थिए। उनकाे छ खेलमा छ गाेल गरेका थिए।
मंसिर २८, २०७९ बुधबार ०७:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।