अर्जेन्टिनासँग फाइनल खेल्न फ्रान्स र मोरक्को भिड्दै

अर्जेन्टिनासँग फाइनल खेल्न फ्रान्स र मोरक्को भिड्दै

काठमाडौं : कतारमा जारी २२औं फिफा विश्वकप फुटबलमा अर्जेन्टिनासँग फाइनल खेल्ने टोलीको टुंगो आज लाग्नेछ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बुधबार राति पौने १ बजे फ्रान्स र मोरक्को भिड्नेछन्।

साविक विजेता फ्रान्स मोरक्कोलाई हराएर लगातार फाइनलमा पुग्न चाहन्छ। फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराएको थियो।

मोरक्को पोर्चुगललाई हराउँदै पहिलोपटक सेमिफाइनलमा पुगेको हो। मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्रसमेत हो। 

यी दुई टोलीबीच विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। विजेताले क्रोयसियालाई ३–० ले पराजित गरेर फाइनल पुगेको अर्जेन्टिनासँग उपाधिका लागि भिड्नेछ।

उपाधिका लागि आगामी आइतबार राति पौने ९ बजे प्रतिस्पर्धा हुनेछ।

मंसिर २८, २०७९ बुधबार ०७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।